यूएईविरुद्ध नेपालले शतकीय साझेदारी पुरा गरेको छ

काठमाडौं,२६ असोज । आईसीसी टी–२० विश्वकप एसिया एन्ड ईएपी छनोट अन्तर्गत सुपर सिक्सको आफ्नो पहिलो खेलमा यूएईविरुद्ध ब्याटिङ गरिरहेको नेपालले बलियो  साझेदारी गरेको छ ।

आठौं ओभरको खेल चलिरहँदा नेपालले अर्धशतकीय साझेदारी गरेको हो ।

ओपनर आशिफ शेख ४६ र कुशल भुर्तेलले २६ रन र रोहित पौडेल २० रन बनाए आउट भएका छन् । भने कुसल मल्लले २ रन बनाएका छन् । यो समाचार तयार पार्दासम्म नेपालले २ विकेट गुमाएर १०१ रन पूरा गरेको हो ।

ओमानको अल अमारेत ग्राण्डमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो । युएईविरुद्ध खेल्ने नेपालको टोलीमा कुनै परिवर्तन गरिएको छैन । समूह चरणमा जापानविरुद्ध खेलेको नेपाली टोली नै यूएईविरुद्ध मैदान उत्रिएका छन्।

 

प्रतिक्रिया दिनुहोस्