प्रहरी शासक नभइ जनताको सेवक भएर काम गर्नुपर्छः प्रदेश प्रमुख एआइजी लामा

दाङ । प्रदेश नं. ५ का प्रहरी प्रमुख मिङमार लामाले प्रदेश नं. ५ को शान्ति सुरक्षालाई लक्षित गरि सुरक्षा योजना तयार पारिरहेको जानकारी दिनु भएको छ । रेडियो सञ्जिवनीको ‘सञ्जिवनी सवालमा आज कुरा गर्दे एआईजी लामाले मुख्य गरि ठगी, गुन्डागर्दी, कुनैपनि अवैद्य कारोवार बन्दगर्ने गरि आफुले कार्य सम्पादन गर्ने बताउनुभयो ।
उहाँले प्रहरी शासक नभइ जनताको सेवक भएको तर्क गर्नु भएको थियो । ‘एकाध व्यक्ति प्रहरी भित्र नराम्रा हुन सक्ने बताउदै उहाले तर संगठन नराम्रो नभएको बताउनु भयो । एआईजी लामाले आफुलाई शासक ठान्ने प्रवृति भएका प्रहरी अधिकारीका कारण जनता र प्रहरीलेको सम्बन्ध सोचे अनुरुप सुमधुर बन्न नसकेको बताउनुभयो । उहाले प्रहरी र जनताको सम्बन्ध नङ र मासुको जस्तै हुनुपर्ने समेत बताउनुभयो । नागरिकले समयमै समस्याका वारेमा जानकारी दिएमा मात्रै अपराध न्यूनिकरणमा सहयोग पुग्ने उहाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्