हैजा रोग विरूद्धको खोप अभियान सञ्चालन

काठमाडौं, २३ असोज । हालै आएको बाढिपहिरो कारण पर्सार बारा लगायत जिल्लाहरुमो हैजा महामारिको रुपमा फैलिन नदिन हैजा रोग विरूद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ ।

इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र प्रदेश स्वास्थ्य आपतकालीन व्यवस्थापन केन्द्रका अनुसार भाद्र ६ गते पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका, वडा नं १२ को मुरली टोलबाट देखिन सुरु गरेको हैजा रोग, हालसम्म पर्सा र बारा जिल्ला गरि जम्मा १६८५ विरामी फेला परेको र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले हैजा प्रमाणित गरेकाले यसलाई नियन्त्रणका लागि हैजा रोग विरूद्धको खोप अभियान सञ्चालन गर्ने भएको हो ।

उक्त पर्सा र बारा जिल्लामा फैलिएको हैजाको महामारी तथा हालैको वर्षा पछि आएको बाढीले ती क्षेत्रमा सिर्जना गरेको उच्च जोखिमलाई ध्यानमा राखी हैजा विरूद्धको खोप अभियान संचालन गर्न लागिएको हो ।

सो खोप अभियानका लागि स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले मिति २०८२।०६। र १० मा गरी जम्मा १० लाख १८ हजार एक सय मात्रा खोप प्राप्त गरि पर्सा र बारा जिल्लामा पठाउने तयारी गरि सकेको आज पत्रकार सम्मेलन मार्फ जानकारी दिइयो ।

यस अभियानका लागि खोप, खोप सामाग्री तथा खोप सेवा संचालन खर्च क्ष्लतभचलबतष्यलब िऋययचमष्लबतष्यल न्चयगउ यल ख्बअअष्लभ एचयखष्कष्यल (क्ष्ऋन्)मार्फत सहयोग स्वरूप प्राप्त भएको हो । परिवार कल्याण महाशाखाको नेतृत्वमा, विश्व स्वास्थ्य संगठन र युनिसेफको प्राविधिक सहयोगका साथ यो अभियान यही २)८२ असोज देखि कार्तिक महिना भित्र संचालन गरिनेछ ।

हाल पर्सा जिल्लाको सबै १४ वटै स्थानीय तहहरू र बारा जिल्लाका ६ वटा स्थानीय तहहरूः पर्सा जिल्लाको पूर्वी सिमाना नजिकै रहेका कलैया उप(महानगरपालिका, जितपुर(सिमरा उप(महानगरपालिका, परवानीपुर गाउँपालिका, प्रसौनी गाउँपालिका, फेटा गाउँपालिका र विश्रामपुर गाउँपालिकामा यो अभियान सञ्चालन गरिनेछ । यस अभियानमा एक वर्ष भन्दा माथि उमेर समूहका सबैलाई खोप दिइने छ ।

यस खोप अभियानको लागि नेपालमा उपलब्ध भएको हो । यो खोप विश्व स्वास्थ्य संगठनबाट गुणस्तरयुक्त प्रमाणित भएको खोप हो र नेपालको नियामक निकाय औषधी व्यवस्था विभागमा दर्ता भएको छ ।

प्रतिकार्य स्वरूप् संचालन गरिन लागेको हैजा विरूद्धको खोप यस अभियानमा एक पटक दिइनेछ ।

हैजारोगविरूद्धकोखोपअभियानबारेबारम्बारसोधिनेप्रश्नहरूस्

१. हैजाविरुद्धकोखोपकस्तो प्रकारको खोप हो ?
हैजारोगविरुद्धकोखोपमुखबाटखुवाइनेखोपहो । योखोपसुरक्षित र प्रभावकारी छ । योखोपतयारीझोलकोरूपमाप्लाष्टिककोट्यूबमाउपलब्धहुन्छ । यसखोपअभियानकोलागिनेपालमाउपलब्धहुनेखोपभ्गखष्अजय(िक् (इयूभिकोल–एस) हो । योखोपविश्वस्वास्थ्यसंगठनबाटगुणस्तरयुक्तप्रमाणितभएकोखोपहो र नेपालकोनियामकनिकायऔषधीव्यवस्थाविभागबाट अनुमति प्राप्त छ ।

२. यो खोप खान किन जरूरी छ ?
हैजारोगबाटसुरक्षितहुन यो खोप खान जरूरी हुन्छ । साथै हैजाको महामारी भएका स्थानबाट अन्य स्थानमा यो रोग फैलिनबाट रोक्नको लागि यो खोप खानु पर्दछ ।

३. यो खोप कति मात्रा खुवाईन्छ ?
प्रतिकार्यस्वरूपसञ्चालनगरिनलागेकोहैजाविरूद्धकोखोपयसअभियानमाएकपटकदिइनेछ।

४. हैजा विरुद्धको यो खोप अभियान कहिले सञ्चालन हुँदैछ ?
योखोपअभियानयही २)८२ साल असोज–कार्तिक महिनामा सञ्चालन हुँदैछ ।

५. हैजा विरुद्धको यो खोप अभियान कहाँ सञ्चालन हुँदैछ ?
योखोपअभियानपर्सा जिल्लाका सबै स्थानीय तहहरू र बारा जिल्लाका कलैया उप–महानगरपालिका, जितपुर–सिमरा उप–महानगरपालिका, परवानीपुर गाउँपालिका, प्रसौनी गाउँपालिका, फेटा गाउँपालिका र विश्रामपुर गाउँपालिका गरी ६ वटा स्थानीय तहहरूमा सञ्चालन हुँदैछ ।

६. योखोपकुनउमेरसमूहलाईदिइन्छ ?
योखोपएकवर्षभन्दा माथिको उमेरका सबै व्यक्तिहरूले खानु पर्दछ । गर्भवती महिला र स्तनपान गराई रहने महिलालाई पनि यो खोप दिन हुन्छ । कुपोषण भएको, रोग प्रतिरोधात्मक क्षमता कम भएको व्यक्ति, एच।आई।भी। संक्रमण भएको वा एड्स भएको व्यक्तिलाई पनि यो खोप दिनु पर्दछ ।

७. नियमित खोप वा अन्य खोपसँगै यो खोप खान हुन्छ कि हुदैन ?
हुन्छ । नियमितखोप तथा अन्य खोपसँगै हैजा विरूद्धको खोप खान हुन्छ ।

८. यो खोप कसले खानु हुँदैन ?
योखोपएकवर्षभन्दा कम उमेरका बालबालिकाले खानु हुदैन । ज्वरो आईरहेको, झाडापखाला भएको वा अन्य कुनै सिकिस्त बिरामी भएको अवस्थामा यो खोप दिनु हुदैन । तर निको भएपछि यो खोप दिनु पर्दछ । विगतमा यो खोप खुवाउँदा वा यो खोपमा भएको कुनै तत्वको कारणले रियाक्सन (प्रतिक्रिया) भएको भए, स्वास्थ्यकर्मी वा चिकित्सकको परामर्श पछि मात्र यो खोप दिन सकिन्छ ।

९. यो खोप लिएपछि के–के असरहरू देखिन सक्छन् ?
योखोपखाएपछिअत्यन्तै न्यून संख्यामा निम्न सामान्य असरहरू देखिन सक्छन् । र यी असरहरू प्रायः आफै ठीक हुन्छ ।
पेट दुख्ने, पखाला लाग्ने, वाकवाकी लाग्ने, बान्ता हुने ।
ज्वरो आउने, टाउको दुख्ने, माँसपेशीहरू दुख्ने, खाना खान मन नलाग्ने, थकाई लाग्ने ।
खोकी लाग्ने, घाँटी दुख्ने, मुखमा घाउ आउने ।
जिउचिलाउने ।

१० योखोपअभियानमाखोप केन्द्र कहाँ कहाँ सञ्चालन गरिन्छ ?
यसखोपअभियानमानिम्न स्थानहरूमा खोप केन्द्र सञ्चालन गरेर हैजा विरूद्धको खोप दिइन्छः
महानगररउपमहानगररनगरपालिकारगाउँपालिका कार्यालय र वडा कार्यालय ।
सरकारी, निजी र गैरसरकारी स्वास्थ्य संस्थाहरू रअस्पतालहरू।
विद्यालय, कलेज तथा अन्य शिक्षण संस्था ।
सरकारी कार्यालय तथा गैरसरकारी संघ–संस्थाका कार्यालय ।
नियमित खोप सेवा सञ्चालन गर्ने बाह्य खोप केन्द्र ।
मन्दिर, मस्जिद, बसपार्क, नेपाल–भारत सिमानाका मुख्य नाका ।उद्योग, कारखाना, इटा भट्ठा जस्ता अन्य स्थानहरू ।

११. खोप सञ्चालन हुँदाको दिन यो खोप लिन छुट भएमा के गर्ने ?
आफूलाई पाएक पर्ने स्थानको खोप केन्द्रबाट खोप लिन छुटेमा नजिकैको अर्को खोप केन्द्रमा गएर यो खोपलिनुपर्दछ ।

हैजाविरूद्धकोखोपखाइसकेपछिपनि, हैजाको रोकथाम र नियन्त्रण गर्न शुद्ध पानी पिउने, स्वच्छ खाना खाने, शौचालयमा मात्र दिसा पिसाब गर्ने, साबुन पानीले राम्रोसँग हात धुने जस्ता बानी व्यवहार अनिवार्य रूपमा अपनाउनु पर्दछ ।

खोप सम्बन्धी थप जानकारीका लागि

डा. उर्मीलालामा, मेडिकलअधिकृत, बाल स्वास्थ्य तथा खोप सेवा शाखा,परिवार कल्याण महाशाखा, (८५११५२६४३

डा.अभियानगौतम, शाखाप्रमुख, बालस्वास्थ्यतथाखोपसेवाशाखा, परिवारकल्याणमहाशाखा (८५११११८८६

डा. विवेककुमारलाल, निर्देशक, परिवारकल्याणमहाशाखा, (८५११७२५७२

 

 

प्रतिक्रिया दिनुहोस्