काँग्रेसले चुनावी अभियानलाई तिव्र प्रसार प्रचार गर्ने, प्रधानमन्त्री देश दौडाहमा

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधि सचाखर रप्रदेश सभाको निर्वाचन आफा् पार्टीको पोल्टामा पार्नको लागि देश दौडाहमा लागेका छन् । उनले चुनावी सभा र भाषणमा भ्याई नभाई छ । उनको प्रधानमन्त्री देखि गृह मन्त्रालय सम्मको निम्मेवारी आफैंले समालेका प्रधानमन्त्री देउवा देशका विभिन्न भागमा भएको चुजावी सभा देखि मन्त्रालयको काम सम्म गर्न व्यस्त कार्यकालीका रहेको छ ।
यस्तै आफ्नो गृह क्षेत्र वा चुनावी क्षेत्रमा भने उनी यही कार्तिक २८ गतेदेखि पश्चिम नेपालको भ्रमण गर्ने भएका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले सोमबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री तथा नेपाली काँग्रेस देश भरको भुनावी अभियानलाई तिव्र प्रसार प्रचार गर्ने समेत जनाएको छ । सो जानकारी दिए ।

संयोजक तथा केन्द्रीय सदस्य खाँणले दिएको जानकारी अनुसार कार्तिक २८ गते प्रधानमन्त्री नेपालगञ्ज प्रस्थान गर्नेछन् । सोही दिन उनले सुरक्षा निकाय र प्रशासनिक निकायका प्रमुखहरुसंग शान्ति सुरक्षा र अन्य विषयमा छलफल गर्नेछन् । सोही दिन प्रधानमन्त्रीले अन्य दलका प्रतिनिधि, लोकतान्त्रिक गठबन्धनका प्रतिनिधि सहित स्थानीय नेताहरु र नेपाली कांग्रेसका सो क्षेत्रका उम्मेदवार तथा कार्यकर्ताहरुसंग पनि भेटघाट गर्नेछन् ।

प्रधानमन्त्री देउवा २९ गते धनगढी पुग्ने कार्यक्रम छ । सो दिन उहाँले पार्टीका उम्मेद्वार तथा नेता र कार्यकर्ताहरुसँग भेटघाट गर्नेछन् । सोहि दिन प्रधानमन्त्रीले अन्य पार्टीका नेता,कार्यकर्तासंग सम्वाद गर्ने छन् । सो दिन प्रधानमन्त्री तथा पार्टी सभापति देउवाले धनगढीमा अन्य पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गर्ने राजनीतिकर्मीहरुलाई स्वागत गर्ने कार्यक्रम पनि रहेको छ ।

सो दिन उनले सुदूर पश्चिमाञ्चलका प्रशासक र सुरक्षा निकायका प्रमुखहरुसंग क्षेत्रको शान्ति,सुव्यवस्था र सुरक्षाका बारेमा छलफल गर्ने कार्यक्रम रहेको छ ।
३० गते प्रधानमन्त्री देउवा गृह जिल्ला डँडेलधुरा पुग्ने कार्यक्रम छ ।

प्रधानमन्त्री देउवाले गृहजिल्लालाई नै मुकाम बनाएर सुदूर पश्चिमाञ्चलका विभिन्न जिल्लाको निर्वाचन अभियानलाई गति दिदै आमसभाहरुलाई संबोधन गर्ने कार्यक्रम रहेको छ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक एवम् केन्द्रीय सदस्य बालकृष्ण खाँणका अनुसार प्रधानमन्त्री देउवाले मंसिर १ गते दार्चुला र बैतडीका चुनावी सभाहरुलाई संबोधन गर्ने कार्यक्रम छ ।

मंसिर २ गते प्रधानमन्त्री देउवाले बझाङ्ग र बाजुराका आमसभाहरुलाई संबोधन गर्नुहुनेछ । जिल्ला भ्रमणका अवसरमा प्रधानमन्त्री देउवाले जिल्लाको शान्ति सुरक्षाको अवस्थाका बारेमा प्रशासक र सुरक्षाकर्मीहरुसंग जानकारी लिनुका अतिरिक्त नेपाली कांग्रेस र लोकतान्त्रिक गठबन्धनका नेता र कार्यकर्ताहरुसंग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री त्यसपछि रुकुम,रोल्पा जाजरकोट, जुम्ला, हुम्ला र मुगुका चुनावी सभाहरुलाई संबोधन गर्न पनि जाने कार्यक्रम रहेको छ तर दिन भने निर्धारित भएको छैन ।

काँगसको ८० सीट जित्ने दावी
नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन कमिटिका संयोजक समेत रहनुभएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य खाँणले निर्वाचनको प्रचार अभियान प्रारम्भ भएपछि विपक्षी दलहरुको तुलनामा नेपाली कांग्रेसको स्थिति झन सुदृढ हुँदै गएको बताएका छन् । उनले पहिले ८० सीट जित्ने हाम्रो दावी भएकोमा यसले प्रभावले केही सिट अझै जित्ने बताए ।

प्रतिक्रिया दिनुहोस्