शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले गरे पदभार ग्रहण

काठमाडौं,६ असोज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदभार ग्रहण गरेका छन् ।

केशर महलस्थित मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट सिंहदरबारभित्र रहेको शिक्षा मन्त्रालय क्षति भएपछि नयाँ शिक्षामन्त्रीको कार्यकक्ष केशर महलमा तयार गरिएको हो ।

उनीसहित अन्य तीन मन्त्रीले पनि आज पदभार ग्रहण गरेका हुन् ।

अन्यमन्त्रीमा पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, पत्रकार जगदिश खरेल, विज्ञ मदन परियारले मन्त्रीपद तथा गोपनियताको शपथ लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्