ठमेलमा स्तरीय होटल नेपाली घर खुल्यो

काठमाडौं । पर्यटकीय नगरी ठमेलमा विशेष ब्यवस्था सहितको स्तरीय होटल नेपाली घर शुभारम्भ भएको छ । नेपाली घर होटलको आजबाट औपचारिक रुपमा सञ्चालनमा आएको हो । होटलको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रबिन्द्र अधिकारीले गरेका हुन् ।

होटलमा ३४ वटा रुम र दुईवटा सुइट रुम छन् । जसमा हेरिटेज डिलक्स रुम २३, हेरिटेज डिलक्स कर्नर ६, हेरिटेज ग्रान्ड डिलक्स ३ र मानगृह र कैलाशकुट सुइट १–१ वटा छन् । यी सबै कोठा परम्परागत नेपाली कलाले बिशेष रुपमा सजिएका छन् । पाँच तल्ले सो पर्यटक स्तरीय होटलमा नेपालीकला र संस्कृतीको पहिचान सहित अघि बढाउने उद्देश्य का साथ संचालनमा ल्याएको नेपाली घरका प्रबन्ध निर्देशक राजु श्रेष्ठले बताए । उनले होटलको बाहिरी बनावट परम्परागत नेपाली शैलीमा र भित्री बनावट प्यागोडा शैलीमा तयार गरिएको जानकारी दिए । उनले भने, “स्थानीय शिल्पीहरुले विशुद्ध नेपाली शैलीमा आर्कषक सजावट गरिएको छ । होटलका आवश्यक सरसमानमा नेपाली बजार प्रर्बद्धन गर्ने उदेश्यले ग्रामिण भेगका महिलाहरुले तयार गरेका कलासिपहरुलाई प्राथमिकताका साथ प्रयोगमा ल्याएको छ ।”

पाहुनालाई अत्याधुनिक सुविधा, नेपाली जीवनशैली र परम्परासँग साक्षात्कार गराउने लक्ष्य होटलले लिएको सो होटलमा अत्याधुनिक प्रविधिले सुसज्जित पाँचतारे होटल सरह सुविधाहरु उपलब्ध रहेको होटलले जनाएको छ ।
होटलले दिने बिशेष सेवा सुबिधामा जस्तैः बिशेष आरामदायी बेड सहितको कोठा, द्रुतगतिमा चल्ने वाइफाई सुबिधा, २४ सै घन्टा स्वथकर पानी, स्वथकर एवं सरसफाई, फिटनेस सेन्टर, मिटिङ हल, दिनभरि नै सेवा दिने रेस्टुरेन्ट, रुम सर्भिस रहेको जनाएको निर्देशक श्रेष्ठले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्