‘बलिदान’ अमेरिकाको सिनेमा चेन एएमसीबाट रिलिज हुने
काठमाडौं, १६ भदौ । दसैँको फूलपातीमा रिलिज हुने फिल्म ‘बलिदान’ अमेरिकामा पनि रिलिज हुने भएको छ । फिल्म अमेरिकाको २०० बढी हलमा रिलिज हुने भएको हो । फिल्मका निर्देशक सन्तोष सेन रहेका छन् ।
फिल्म सेनले नै निर्देशन गरेका हुन् । फिल्म अमेरिकाको सिनेमा चेन एएमसीले प्रदर्शन गर्न लागेको निर्माता निर्देशक सन्तोष सेनले बताए । उनका अनुसार अमेरिकामा फिल्मको एकहजार बढी शोज हुनेछ ।
अमेरिकाको एमसीको अलवा सिनेमार्क, मार्कस र रेगलजस्ता अन्य सिनेमा चेनहरूमा फिल्म लाग्ने सन्तोषको दाबी छ । समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरी, सन्तोष सेन लगायतको अभिनय फिल्ममा छ ।
आशुसेन फिल्मसको प्रस्तुतिमा बनेको फिल्मको पवन ब्राडफोर्ड बिस्ट निर्माता र प्रेम पुरी कार्यकारी निर्माता रहेका छन् ।















प्रतिक्रिया दिनुहोस्