आ.व. २०७५/०७६ को बजेटले कुन मोटरसाइकलको मूल्य कति बढायो ?

काठमाडौं । सरकारद्वारा हिजो प्रस्तुत आ.व. २०७५/०७६ को बजेटमा मोटरसाइकलको अन्तःशुल्क र सडक दस्तुर दुबै बढायो ।
मध्यम वर्गिय नेपालीको पहुँचमा भएको बढि प्रयोग गर्ने सवारी साधनको रुपमा मोटरसाइकल हो । बढ्दो शहरीकरण र अत्याधिक ट्राफिक जामका कारण पनि मोटरसाइकल सहज सवारी बनेको छ ।
यो बजेटसँगै मोटरसाइकलको मूल्य ५ हजारदेखि ५ लाख रुपैयाँसम्म बढ्ने देखिएको छ ।

नयाँ करको ब्यवस्था अनुसार १५० सीसीसम्मका बाइकमा ५ हजार रुपैयाँ मूल्य बढ्नेछ । १५० सीसी माथी २५० सीसी सम्मका मोटरसाइकलको मूल्य करिब भने ३० हजार रुपैयाँसम्म मूल्य बढ्ने भएकाले यो अहिलेको तुलनामा निकै बढी हुनेछ ।
त्यसैगरी २५० देखिमाथि ४०१ सीसीसम्मका मोटरसाइकल अहिलेको कारोबार भएको भन्दा करिब ५० देखि ७५ हजार मूल्य बढ्ने छ ।
४०१ सीसीभन्दा माथिका मोटरसाइकलको मूल्य भने १ लाख देखि ५ लाख रुपैयाँसम्म मूल्य बढ्नेछ । सीसी क्षमता जति बढी हुन्छ, त्यसैका आधारमा अन्तःशुल्क लाग्ने भएकाले महंगा बाइकको मूल्य ५ लाखसम्म बढ्ने व्यवसायीहरु बताउँछन् ।
सरकारले ठूला सीसीका मोटरसाइकल लाई लक्जरी मानेर कर बढाए पनि त्यो त्यति व्यवहारिक देखिदैन । ठूला सीसीका बाइक हाम्रो जस्तो पहाडी बाटो लागि कम सीसीका बाइकको तुलनामा सुरक्षित मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्