टप इन्ड सिरिजमा पाकिस्तान साहिन्सले नेपाललाई दियो १४५ रनको लक्ष्य

काठमाडौं, ६ भदौ । अष्ट्रेलियामा जारी टप इन्ड सिरिजमा पाकिस्तान साहिन्सले नेपाललाई १४५ रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले ९ विकेट क्षतिमा १४४ रन जोड्यो ।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए । नन्दन यादव र दिपेन्द्र सिंह ऐरीले दुई दुई विकेट बाँडे ।

पाकिस्तान एक समय ७४ रनमा ७ विकेटको दयनीय स्थितिमा थियो । तर, पुछारका ब्याट्सम्यानहरुले पाकिस्तानलाई खेलमा फर्काए । पाकिस्तानले अन्तिम ५ ओभरमा ६१ रन जोड्यो ।

कप्तान इरफान खानले सर्वाधिक ४२ रन हान्दै टिमको उद्दार गरेका थिए । उनलाई मोहम्मद वसिमले २३ रन बनाएर साथ दिए ।

प्रतिक्रिया दिनुहोस्