कप्तान रोहित टीममा फर्किएसँगै पाकिस्तान साहिन्सविरुद्ध पहिले बलिङ गर्दै नेपाल
काठमाडौं, ६ भदौ । अष्ट्रेलियामा जारी टप इन्ट टी–२० सिरिज अन्तर्गत लिग चरणको आफ्नो अन्तिम म्याचमा नेपाल पाकिस्तान साहिन्सविरुद्ध पहिले बलिङमा उत्रिएको छ । पाकिस्तान साहिन्सले टस जितेर नेपाललाई बलिङको निम्तो दिएको हो ।
आजको म्याचमा नेपालको कप्तानी नियमित कप्तान रोहित पौडेलले गर्नेछन् । अघिल्लो म्याचमा उनलाई विश्राम दिएर दीपेन्द्रसिंह ऐरीलाई कप्तान बनाइएको थियो । सो म्याच नेपालले जितेको थियो ।
सेमिफाइनलमा स्थान बनाउनका लागि नेपालले आज पाकिस्तान साहिन्सलाई हराउनैपर्छ । गर वा मरको म्याच भएकाले नेपालले आज आफ्नो ‘बेस्ट ११’ उतारेको छ । यसअघिका म्याचहरूमा सबै खेलाडीलाई पालैपालो मौका दिएको नेपाले आज पहिलो रोजाईका खेलाडीहरुलाई उतारेको हो ।
स्पिनर सन्दीप लामिछाने प्लेइङ ११ मा फर्किएका छन् । यस्तै, गुल्शन झाले पनि स्थान बनाएका छन् । भीम सार्की छुटेका छन् । फास्ट बलिङको मोर्चा सोमपाल कामी र नन्दन यादवले सम्हाल्ने छन् । करण केसीले स्थान बनाउन सकेनन् ।















प्रतिक्रिया दिनुहोस्