बजेटबारे धारणा तय गर्न संसदीय दलको बैठक बस्दै कांग्रेस

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७५/०७६ को सार्वजनिक गरेको बजेटबारे धारणा तय गर्न नेपाली कांग्रेसले आज संसदीय दलको कार्यालय, सिंहदरबारमा संसदीय दलको बैठक डाकेको छ ।

सरकारले १३ खर्ब १५ अर्बको राजश्वमुखी बजेट संसदमा प्रस्तुत भएको थियो । प्रस्तुत बजेटबारे विभिन्न टिकाटिप्पणी भईरहेको बेला नेपाली कांग्रेसले यसबारे साझा धारणा बनाउन बुधबारका लागि बैठक बोलाएको हो ।

बैठक नेपाली कांग्रेस, संसदीय दलको कार्यालय, सिंहदरबारमा अहिले बिहान ११ बजे बस्दैछ ।

यसअघि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भने कांग्रेसले मौन समर्थन जनाएको थियो भने पार्टी भित्रैका कतिपय नेताले यसको आलोचना समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्