बजेटको आकार १३ खर्ब १५ अर्ब, पोहोरको भन्दा ३७ अर्बले बढ्यो
काठमाडौं । सरकारले आर्थिक वर्ष २०७५ / ७६ को लागि बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आगामी आर्थिक वर्षको लागि १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट संघीय संसदमा प्रस्तुत गरेका हुन् ।
उनले कृषि, पर्यटन, जलविद्युत र पूर्वाधार क्षेत्रलाई महत्व दिएर बजेट सार्वजनिक गरेका हुन् । सरकारले ८ खर्ब ३१ अर्व रुपैयाँ राजश्वबाट, २ खर्ब २ अर्ब वैदेशिक ऋणबाट र १ खर्ब २ अर्ब जुटाइने उल्लेख छ ।
केही दिनअघि संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आधारित रहेर अर्थ मन्त्रालयले बजेट तयार पारेको छ समृद्ध नेपाल सुखी नेपाली नारालाई पूरा गर्न सरकार तयार रहेकाले उच्च आर्थिक वृद्धिसहितको बजेट ल्याएको उल दावी समेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्