एएफसी यू–२० महिला एसियन कप छनोटमा नेपालद्वारा साउदी अरेबिया पराजित

काठमाडौं, २३ साउन । एएफसी यू–२० महिला एसियन कप छनोटमा नेपालले साउदी अरेबियालाई पराजित गरेको छ । भुटानमा भएको खेलमा नेपालले साउदी अरेबियालाई १–० गोल अन्तरले पराजित गर्‍यो ।

नेपालको जितमा सुकृया मियाले निर्णायक गोल गरिन् । उनले खेलको ९०औं मिनेटमा गोल गरेकी हुन् । यसअघि पहिलो खेलमा नेपालले भुटानसँग १–१ को बराबरी खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस्