इराकमा तैनाथ नेपाली शान्ति सैनिकहरु स्वदेश फिर्ता 

काठमाडौं, १३ साउन। संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापना कार्यको लागि इराक स्थित United Nations Assistance Mission for Iraq (UNAMI) मा कार्यरत कर्मचारी एवं शान्ति सैनिकहरू क्रमिक रूपमा फिर्ता गरी मिति २०८२ पौष १६ गतेसम्ममा बन्द गर्ने संयुक्त राष्ट्र संघको Transition and Liquidation योजना अनुसार सन् २०२५ जुलाई अन्तिमसम्ममा मिसनबाट फिर्ता हुनुपर्ने ८८ जना नेपाली शान्ति सैनिकहरू मध्ये अन्तिम २७ जनाको टोली आज मिति २०८२ श्रावण १३ गते प्रमुख सेनानी हिमालय थापाको नेतृत्वमा स्वदेश फिर्ता भएको छ ।

संयुक्त राष्ट्र संघको योजना अनुसार अन्तिम टोलीको आगमनसँगै उक्त मिसनबाट मिति २०८२ आषाढ २४ गते पश्चात् विभिन्न ४ वटा व्यावसायिक उडान मार्फत मिसनमा तैनाथ सबै नेपाली शान्ति सैनिकहरू फिर्ता भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्