युवा व्यवसायी पुनलाई सम्मान र पहाङ्गो राईलाई अवार्ड
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वरिष्ठ समाजसेवी एवं सौन्दर्य कला व्यवसायी टिका पुनलाई सम्मान गर्नुभएको छ।
राजधानीमा आयोजित एक कार्यक्रममा नेता खनालले व्यवसायी पुनलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभएको हो।
व्यवसायी पुनले करिब दुई दशकदेखि सौन्दर्य कलाका क्षेत्रमा कृयाशिल रही मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि योगदान पुर्याए वापत सम्मान गरिएको हो। उहाँले आफ्नो सिप, कला कौशलतालाई
राष्ट्रिय तथा अन्तराष्ट्रिय तहमा प्रवर्द्धन गर्नुभएको छ।
विभिन्न संघ संस्थासँग सहकार्य तथा समन्वय गरी सौन्दर्य कलाका क्षेत्रमा हजारौं विद्यार्थीलाई प्रशिक्षण दिनुभएकी पुनले उनीहरुलाई स्वरोजगार सिर्जना गर्न सहयोग पुर्याउनु भएको छ ।
सो अवसरमा पूर्व प्रधानमन्त्री खनालले देशमा रोजगारी सृजना गरी आर्थिक समृद्धिमा भूमिका निर्वाह गरेकी युवा उद्यमी पुनलाई सम्मान गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो।
नेपाललाई विश्वकै धनी र समृद्ध मुलुक बनाउन उद्यमशिलताको विकास गर्नुपर्नेमा जोड दिँदै उहाँले त्यसका लागि युवा सशक्तिकरणको खाँचो औँल्याउनुभयो।
नेता खनालले सरकारले उद्योग स्थापनाका लागि ठुला लगानी भित्र्याउने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो।
सोही अवसरमा अर्का उद्यमी सुनिता पहाङ्गो राईलाई पनि अवार्ड वितरण गरिएको थियो।















प्रतिक्रिया दिनुहोस्