नेपालले बंगलदेशविरूद्ध लिगको अन्तिम खेल जिते यू–२० महिला साफ च्याम्पियन बन्ने
काठमाडौं, ४ असार । बंगलादेशमा भइरहेको यू–२० महिला साफ च्याम्पियनसिपमा अब अन्तिम दुई खेल बाँकी छन्।
आयोजक बंगलादेश, नेपाल, श्रीलंका र भुटान गरी चार टोलीबीच भएको प्रतिस्पर्धा डबल राउन्ड रोबिन लिगको आधारमा सञ्चालन भइरहेको छ। जसमा सबै चार टोलीले अन्तिम एक एक खेल खेल्न बाँकी छन्।
भुटान र श्रीलंकाबीचको खेलले तेस्रो स्थानको टोलीको टुंगो लाग्नेछ। अघिल्लो राउन्डमा श्रीलंकालाई हराएको भुटान ३ अंक जोडेर तेस्रो स्थानमा छ। गोलअन्तरमा पनि अघि छ रहेको भुटानले अन्तिम खेलमा श्रीलंकासँग हार ब्यहोरे पनि तेस्रो ने हुने अवस्था छ।
यता नेपाल र बंगलादेशबीच हुने खेलले भने उपाधि विजेताको टुंगो लाग्नेछ।
सोमबार नेपाली समयअनुसार साँझ ६ः३० मा हुने खेलमा नेपालका लागि विजेता हुन जितको खाँचो छ। बंगलादेशलाई भने बराबरीले पनि पर्याप्त हुनेछ।
यसअघि नेपालले भुटानलाई पहिलो खेलमा ६–१ र दोस्रो खेलमा ८–० गोलले हराएको थियो। यस्तै नेपालले श्रीलंकालाई दुवै खेलमा ७–० गोलले हराएको थियो।
बंगलादेशविरूद्ध भने नेपाल ३–२ गोलले पराजित भएको थियो। नेपालले पाँचमध्ये चार खेलमा जित निकाल्दा बंगलादेश भने पाँचै खेलमा विजयी भएको छ।
गोलअन्तरमा नेपालअघि छ। नेपाल गोलअन्तरमा ६ गोलले अघि छ। त्यसैले नेपालका लागि उपाधि जित्न भोलिको खेलमा जित नै चाहिने हुन्छ।
प्रतिक्रिया दिनुहोस्