भाजपाले विधानसभा चुनाव सम्पन्न नभएसम्म ‘पद्मावती’ रिलिज हुन नदिने

एजेन्सी, मुम्बई, । सञ्जय लीला भन्सालीको फिल्म ‘पद्मावती’ रिलिजको समयमा आएर समस्यामा परेको छ । सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)ले गुजरातमा विधानसभा चुनाव सम्पन्न नभएसम्म फिल्म रिलिज नगर्न माग गरेसँगै ‘पद्मावती’ अप्ठ्यारोमा परेको हो ।

त्यस्तै, फिल्म ‘पद्मावती’ले ‘इतिहासमाथि खेलवाड’ गरिएको भए रिलिज नै गर्न नहुने बताएको छ । भारतीय मिडियाहरुका अनुसार, इतिहासको गलत व्याख्याका कारण क्षेत्रीय र राजपूत समुदायको भावनामाथि आहत पुर्‍याउन सक्ने भन्दै भाजपाले तत्कालका लागि फिल्म प्रदर्शन गर्न नहुने बताएको छ ।

भाजपाका प्रवक्ता आईके जडेजाका अनुसार, ‘रानी पद्मावती’ले कहिल्यै अलाउद्दीन खिलजीसँग भेट गरेकी थिइनन् । उनले भने, ‘फिल्ममा इतिहासलाई गलत ढंगबाट प्रस्तुत गरिएका कारण यो फिल्म तत्कालका लागि समस्याका रुपमा देखिन सक्छ । त्यसैले यसलाई विधानसभा चुनाव सम्पन्न नभएसम्म रोक्नु आवश्यक छ ।’

‘पद्मावती’ डिसेम्बर १ मा प्रदर्शन हुँदैछ । फिल्ममा दीपिका पादुकोण, रणवीर सिंह, शाहिद कपूर लगायतका कलाकारहरुको अभिनय रहेको छ । शाहिदले फिल्ममा दीपिकाको श्रीमानको भूमिका निर्वाहा गरेका छन् । चर्चाका अनुसार, फिल्ममा रणवीर सिंह वाईसेक्सुअल नेचरको पुरुषको रुपमा देखिन सक्छन् ।

प्रतिक्रिया दिनुहोस्