काभा च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी सुरूवात

काठमाडौं, २ श्रावण । काभा च्याम्पियन्स लिगमा नेपालको हेल्प नेपालले विजयी सुरुवात गरेको छ।

हेल्प नेपालले आइतबार राति भएको खेलमा घरेलु टोली माल्दिभ्सको धिवेही सिफान क्लबलाई पराजित गर्‍यो।

हेल्प नेपालले ३–२ को सेटमा जित निकालेको हो। हेल्प नेपालले पहिलो सेट ३३–३१ र दोस्रो सेट २५–२० ले जित्यो।

तर तेस्रो सेट २२(२५ र चौथो २०(२५ ले गुमाएपछि खेल पाँचौ सेटमा पुगेको थियो। पाँचौ सेटमा १५–८ जित निकाल्दै विजयी सुरुवात गर्‍यो।

अब नेपालले क्लब आज एचडीसँग खेल्नेछ। तेस्रो खेल १९ जुलाईमा बिस्केककिर्गिस्तानसँग खेल्नेछ।

चौथो खेल २१ जुलाईमा झाएक भिसीसँग र २२ जुलाईमा श्रीलंका स्पोर्ट्स अथोरिटीसँग अन्तिम खेल हुनेछ।

लिग चरणको शीर्ष दुई टोलीबीच २३ जुलाईमा उपाधि भिडन्त हुनेछ।

प्रतिक्रिया दिनुहोस्