कोका–कोलाले १ सय २५ वर्षपछि महिलाका लागि भित्र्यायो रक्सी

काठमाडौं । कोका–कोलाले पहिलो पटक बजारमा रक्सी भित्र्याएको छ । त्यो पनि महिलाका लागि – कागतीको स्वादको ‘एल्कोपप’ ।

तर यो अहिले जापानमा मात्र उपलब्ध गराइएको छ ।

कोका–कोलाको नयाँ उत्पादनले नयाँ उपभोक्ता र नयाँ बजारलाई लक्षित गरेको बुझिएको छ ।

सोमबारदेखि यसको तीनवटा फ्लेवरको बिक्रि सुरु गरिएको छ । १ सय २५ वर्षको इतिहासमा कम्पनीले पहिलो पटक तीन यस्ता उत्पादन बजारमा भित्र्याएको छ जसमा तीनदेखि ८ प्रतिशत एल्कोहल छ ।

परम्परालाई निरन्तरा दिँदै कोका कोलाले यसको रेसिपीबारे कुनै जानकारी दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्