इथोयोपियामा बाढी पहिरोका कारण ३२ जनाको ज्यान गयो

काठमाडौं ।  अत्यधिक वर्षापछि आएको बाढी पहिरोका कारण इथोयोपियामा ३२ जनाको मृत्यु भएको छ। गत एक हप्ताको अवधीमा दक्षिणी क्षेत्रमा मात्रै उनीहरुको मृत्यु भएको सरकारी अधिकारीहरुले सोमबार जानकारी दिएका छन्।

सञ्चार मामिला कार्यालयले गामो गोफा क्षेत्रमा ९ जनाको मृत्यु भएको र १७ जना घाइते भएको जनाएको छ। त्यसैगरी राज्यद्वारा सञ्चालित फाना प्रसारण संस्थाले आइतबार सम्प्रेषण गरेको समाचारमा सिडामा क्षेत्रमा २३ जनाको मृत्यु भएको उल्लेख गरेको छ। फानाले अरु ६ जना गम्भीर घाइते भएको पनि जनाएको छ।

अफ्रिकी मुलुकहरुले अहिले अत्यधिक वर्षा र त्यसपछिको बाढी पहिरोको समस्या झेलिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्