आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्र छनोटमा नेपाल समूह–२ मा

काठमाडौं, २५ असार । आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्र छनोटमा नेपाल समूह–२ मा परेको छ।

ओमनमा आगामी अक्टोबरमा हुने उक्त छनोटमा नेपाल समूह–२ मा परेको हो ।

उक्त समूहमा नेपालसहित कुवेत र जापान छन् । छनोटमा सहभागी ९ टोलीलाई ३ समूहमा विभाजन गरिएको छ । समूह–१ मा युएई, मलेसिया र कतार छन् । यस्तै समूह–३ मा आयोजक ओमान, पपुवान्यूगिनी र सामोआ छन्।

तीनवटै समूहबाट शीर्ष दुईमा रहने टोली सुपर६ मा पुग्नेछ । सुपर–६ बाट शीर्ष ३ मा पर्ने टोलीले सन् २०२६ मा भारत र श्रीलंकामा हुने आईसीसी टी–२० विश्वकपमा छनोट खेल्नेछन् । छनोट अक्टोबर ८ देखि १७ सम्म ओमनमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्