पृतनापति समन्वयात्मक बैठक सम्पन्न

काठमाडौं । नेपाली सेनाको दुई दिने ‘पृतनापति समन्वयात्मक बैठक आज सम्पन्न भएको छ ।

बैठकको क्रममा सहभागी कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालय तथा सबै पृतनाहरुले आ–आप्mनो जिम्मेवारी क्षेत्रको कार्य समिक्षा, वर्तमान वस्तुस्थिति, भविष्यमा आईपर्न सक्ने चुनौतीहरु एवम् सुझावहरुको प्रस्तुत गरिको थियो । उक्त बैठकमा समसामयिक वस्तुस्थितिको पुनरावलोकन तथा मुल्याँकन समेत भएको थियो ।

बैठक समापनको क्रममा प्रधानसेनापति राजेन्द्र क्षत्रीले विद्यमान परिस्थितिको मुल्याँकन गरी आउन सक्ने जस्तो सुकै चुनौतीको सामना गर्न सक्ने गरी अपरेशनल, तालिम तथा बन्दोबस्ती पक्षमा हरहमेसा तयारी रहन निर्देशन दिनुभयो ।

मन्तव्यकोे क्रममा प्रधानसेनापति श्री क्षत्रीले विभागीय प्रमुखहरु तथा पृतनापतिहरुलाई नियमित संस्थागत जिम्मेवारी तथा कार्यहरुको अलावा अपरेशनल रेडिनेस तथा सांगठनिक सुदृढिकरणका क्षेत्रहरुमा विशेष ध्यान केन्द्रित गर्न निर्देशन समेत दिए । उक्त कार्यक्रमको दौरान बलाधिकृत रथी श्री पूर्णचन्द्र थापाले बैठकमा उठेका समसामयिक विषयहरुमा आफ्नो मन्तव्य समेत राख्नु भएको थियो ।

यस किसिमको समन्वयात्मक बैठक र आपसी अन्तरक्रियाको माध्यमबाट आउने रचनात्मक सुझावहरुले नेपाली सेनाको नीति निर्माणमा ठोस योगदान पु¥याउन थप सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्