इन्टरनेट सेवा पुनर्स्थापित भैरहेको बारे सूचना
काठमाडौं, २४ असार । नेपाल टेलिकमले अन्तर्राष्ट्रिय सेवा प्रदायकहरुबाट इन्टरनेट सेवा खरिद गरी ग्राहकवर्गमा सेवा प्रदान गर्दै आएकोमा मिति २०८२ आषाढ २४ गते बिहान १:३० बजेदेखि एउटा सेवाप्रदायकको नेटवर्कमा समस्या उत्पन्न भएको हुँदा सम्पूर्ण Traffic हरु वैकल्पिक सेवाप्रदायकबाट सञ्चालनमा रहेकोले उक्त लिङ्कमा चाप पर्न गई नेपाल टेलिकमको इन्टरनेट सेवाको Speed मा केही समस्या उत्पन्न भएको छ भने तत्काल समस्या समाधान गरी सेवा पुनर्स्थापनाको प्रयास जारी रहेको व्यहोरा अनुरोध छ ।
अप्रत्याशित रुपमा सिर्जित परिस्थितिका कारण सेवामा समस्या उत्पन्न भई ग्राहकवर्गमा पर्न गएको असुविधा प्रति कम्पनी क्षमाप्रार्थी छ ।















प्रतिक्रिया दिनुहोस्