लुका मोड्रिच इटालियन क्लब एसी मिलान जाने

काठमाडौं, २४ असार । इटालियन क्लब एसी मिलानका प्रशिक्षक मासिमिलियानो एलेग्रीले क्लब विश्वकपपछि रियल म्याड्रिडबाट लुका मोड्रिच एसी मिलानमा आबद्ध हुने बताएका छन्।

३९ वर्षीय क्रोएसियाका कप्तानले गत मेमा रियलबाट अलग हुने बताएका थिए। उनले क्लब विश्वकपपछि रियलसँगको आफ्नो १३ वर्षे खेल जीवन अन्त्य गर्ने घोषणा गरेका थिए।

आफ्नो पहिलो पत्रकार सम्मेलनमा ५७ वर्षीय प्रशिक्षकले भने, ‘मोड्रिच अगस्टमा आइपुग्नेछन्। उनी एक असाधारण खेलाडी हुन्।’

मोड्रिचले क्लब विश्वकपमा रियलका लागि पाँच खेलेका छन्। पाँचै खेलमा उनी सब्सिच्युट खेलाडीको रुपमा मैदान छिरेक छन्।

सन् २०१८ का बालोन डिुओर विजेता मोड्रिचले सन् २०१२ मा टोटनह्यामबाट रियलमा आबद्ध भएपछि ६ च्याम्पियन्स लिग र चार ला लिगा उपाधिसहित २८ वटा उपाधि जितेका छन्।

गत सिजन सिरि ए मा आठौं स्थानमा रहेको मिलानले गत महिना मिडफिल्डर रिइन्डर्सलाई म्यानचेस्टर सिटीमा बेचेको थियो, जबकि लेफ्ट–ब्याक थियो हर्नान्डेज साउदी प्रो लिगको क्लब अल(हिलाल जाने चर्चामा छन्।

प्रतिक्रिया दिनुहोस्