यू–१६ इस्ट जोन कपको फाइनलमा नेपालले सिंगापुरसँग भिड्दै

काठमाडौं, १९ असार । मलेसियामा जारी यू–१६ इस्ट जोन कपमा नेपालले उपाधिका लागि सिंगापुरसँग भिड्ने भएको छ । भर्खरै सकिएको दोस्रो सेमिफाइनलमा सिंगापुरले हङकङलाई हराएर फाइनलमा स्थान बनाएको हो ।

पहिले ब्याटिङ गरेको हङकङले ४३ ओभरमा सबै विकेट गुमाएर १६८ रन जोडेको थियो । जवाफमा सिंगापुरले ३८.५ ओभरमा ६ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

यसअघि पहिलो सेमिफाइनलमा नेपालले आयोजक मलेसियालाई ९ विकेटले हराउँदै फाइनलमा पुगेको थियो । अब नेपालले आफ्नै समूहबाट उप–विजेताका रूपमा सेमिफाइनलमा पुगेको सिंगापुरसँग फाइनल खेल्नेछ ।

यसअघि समूह चरणमा नेपालले सिंगापुरलाई ६ विकेटले हराएको थियो । फाइनल म्याच पर्सी हुनेछ ।

प्रतिक्रिया दिनुहोस्