अब हरेक स्थानीय तहमा सोलारबाट सिँचाई र खानेपानी

काठमाडौं । सरकारले अब हरेक स्थानीय तहमा सोलारबाट सिँचाई र खानेपानी प्रवन्ध गर्ने योजना ल्याउने भएको छ ।
आगामी आर्थिक वर्ष २०७५र०७६ को बजेटमा सरकारले हरेक स्थानीय तहमा सोलार प्लान्टको स्थापना गर्ने र त्यसबाट सिँचाइ तथा खानेपानीको प्रवन्ध गर्ने योजना बनाएको हो ।

स्थानीय तहले सोलार प्लान्टमा ५० प्रतिशत लगानी गर्नुपर्ने र केन्द्र सरकारले त्यस्तो आयोजनामा च्यालेन्ज फन्ड मार्फत ५० प्रतिशत लगानी गर्नेछ ।
यस्तो सोलार प्लान्टको स्थापना गर्नका लागि च्यालेन्ज फण्डको समेत व्यवस्था गरिने भएको छ ।

यसरी स्थापना गरिएको सोलार प्लान्टलाई राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । उक्त आयोजनाबाट प्रसारणलाइनमा आएको बिजुलीको पैसा प्राधिकरणले भुक्तान गर्नेछ ।

खानेपानी तथा सिँचाई आयोजनामा राष्ट्रिय प्रसारणलाइनको विद्युत पनि जोडिनेछ । सोलारबाट उत्पादन भएको विजुली भन्दा बढि खानेपानी तथा सिचाँई आयोजनाले विद्युत् खपत गरेमा भने उक्त आयोजनाले उक्त विजुलीको पैसा दिनुपर्छ ।

स्थानीय तहको आवश्यकता अनुसार १ सय देखि ५ सय किलोवाटसम्मका सोलार प्लान्ट स्थापना गर्ने सरकारको योजना छ ।

प्रतिक्रिया दिनुहोस्