दाङमा झाडापखालाका विरामीको अवस्था सामान्य बन्दै
काठमाडौं । दाङमा झाडापखालाका विरामीको अवस्था सामान्य बन्दै जान थालेको छ ।
पश्चिम दाङको शान्तिनगर गाउँपालिका वडा नं ३ र ४ मा पर्ने पातेटाकुरामा फैलिएको झाडापखालाबाट प्रभावित भएकाहरुको अवस्था सामान्य बन्दै जान थालेको हो ।
यो गाउँका ४ सय १९ जना झाडापखालाबाट बिरामी परेका थिए । ती मध्ये गम्भीर बिरामी ४१ जनालाई राप्ती अञ्चल अस्पतालमा थप उपचारका लागि पठाइएको छ ।
राप्ती अञ्चल अस्पतालले एक जना बिरामीको कोहलपुर शिक्षण अस्पताल रिफर गरेको छ ।
अन्य ४० बिरामीमध्ये २९ जनाको राप्ती अञ्चल र बाँकीको तुलसीपुरमा रहेको सिटी अस्पतालमा उपचार भइरहेको छ ।
बाँकी बिरामीलाई शान्तिनगर गाउँपालिकाको चिराघाट स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
पखालबाट बिरामी परेको खबर पाएलगत्तै राप्ती अञ्चल अस्पताल तुलसीपुर, सदरमुकाम घोराहीबाट स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको थियो ।
बिरामी हुने अधिकांश महिला छन् । मुहानको पानी दूषित हुँदा पखाला लागेको उपचारमा संलग्न डा। हेमन्त कर्माचार्यले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्