एसईई परीक्षाका कति विद्यार्थीले कुन जीपीए ल्याए ( सूचिसहति)
काठमाडौं, १३ असार। यसवर्षको एसईई परीक्षाका नतिजा शुक्रबार प्रकाशित भएको छ । नतिजा अनुसार जीपीए १.६० देखि २.०० ल्याएर ८ जना उत्तीर्ण भएका छन् ।
यस्तै सबैभन्दा धेरै परीक्षार्थी जीपीए २.८० देखि ३.२० ल्याएर ८९ हजार १४४ जना उत्तीर्ण भएका छन् ।
यस्तै जीपीए ३.६० देखि ४.०० ल्याएर ४८ हजार १७७ जना परीक्षार्थी उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्