नेपालले टप इन्ड टी–२० सिरिज अस्ट्रेलियामा खेल्ने

काठमाडौं, १३ असार। नेपाली राष्ट्रिय क्रिकेट टिमले अस्ट्रेलियामा टप इन्ड टी–२० सिरिज खेल्ने भएको छ।

आइसिसी टी–२० विश्वकप एसिया छनोटको तयारीका लागि नेपालले अस्ट्रेलियामा क्रिकेट प्रतियोगिता खेल्न लागेको हो।

प्रतियोगिता अस्ट्रेलियाको डार्विनमा १४ देखि २४ अगस्टसम्म हुनेछ।

यो प्रतियोगितामा सहभागी हुने अन्य टिम र खेल तालिका हुने प्रकाशित हुन बाँकी छ।

टी–२० विश्वकप लगातार दोस्रोपटक खेल्ने लक्ष्य लिएको नेपालले सेप्टेम्बरमा वेस्ट इन्डिजसँग तीन खेलको टी–२० सिरिज खेल्ने तयारी छ।

वेस्ट इन्डिजसँग खेलेपछि नेपाल विश्वकप छनोट खेल्न ओमान जानेछ। ओमानमा ९ टोलीबीच प्रतिस्पर्धा हुनेछ भने शीर्ष ३ टिम आगामी वर्ष भारत र श्रीलंकामा हुने विश्वकपमा छनोट हुनेछ।

प्रतिक्रिया दिनुहोस्