नेपाल एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपको प्रिक्वार्टरफाइनलमा

काठमाडौं, १३ असार। नेपाल २९ औं एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपको यू–१९ ब्वाइज टिम इभेन्टमा प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ।

उज्वेकिस्तानको तास्केन्दमा जारी प्रतियोगिताको ग्रुप १ को खेलमा नेपालले साउदी अरबियालाई ३–१ ले पराजित गर्दै प्रिक्वाटरफाइनलमा पुग्न सफल भयो।

३ अंक बटुलेको नेपाल समूह उपविजेता हुँदै प्रिक्वाटरफाइनलमा पुगेको टोली प्रमुख ज्याकी महर्जनले जनाएका छन्।

नेपालबाट पुरुषमा प्रवेश बस्नेत, हिमाल विष्ट र गनञ्जय दाहाल सहभागी छन्। नेपालको समूहमा भारत र साउदी अरबिया छन्।

नेपाल र साउदीलाई हराएको भारत समूह विजेता बन्दै प्रिक्वाटरफाइनलमा पुग्यो।

प्रिक्वाटर फाइनलमा नेपालले मलसेयाको सामना गर्ने छ। टोली प्रमुख महर्जन र प्रशिक्षक मोहनदास बासुकलाले नेपाली टेबलटेनिसको इतिहासमा यो सफलता ऐतिहासिक भएको बताए।

प्रतिक्रिया दिनुहोस्