लुम्बिनी लायन्सले रिटेन गरिएका खेलाडीको सूची सार्वजनिक
काठमाडौं, ११ असार । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि लुम्बिनी लायन्सले रिटेन गरेका ६ खेलाडीको सूची सार्वजनिक गरेको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलसहित लुम्बिनीले ६ खेलाडीहरूको नाम सार्वजनिक गरेको हो ।
रिटेन गरिएका खेलाडीहरूमा रोहितसँगै सन्दीप जोरा, विवेक यादव, तिलकराज भण्डारी, अभिशेष गौतम र दिनेश अधिकारी छन् ।
एनपीएलका लागि हरेक टिमले ६ खेलाडी रिटेन गर्न पाउनेछन् । यसअघि नै सुदूरपश्चिम रोयल्स र चितवन राइनोजले रिटेन गरेका ६–६ खेलाडीको नाम सार्वजनिक गरिसकेका छन्।
एनपीएलको दोस्रो सिजनका लागि आउने जुलाईमा मिनी अक्सन पनि गर्ने तयारी छ ।
प्रतिक्रिया दिनुहोस्