बागमती नदीमा एक पुरुषको शव भेटियो

काठमाडौं, ११ असार । बागमती नदी किनारमा एक पुरुषको शव भेटिएको छ ।

दक्षिणकाली नगरपालिका–१ भैंसीबजारस्थित बागमती नदी किनारमा पुरुषको शव भेटिएको हो ।

मृत भेटिएका व्यक्ति ललितपुर महानगरपालिका–१४ थसिखेल बस्ने ३४ वर्षीय निरोज ढुंगाना रहेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्