एसीसी यू-१६ क्रिकेट: नेपालले जापानविरुद्ध टस हारेर बलिङ गर्दै
काठमाडौं, १० असार । मलेसियामा जारी एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले जापानविरुद्ध टस हारेको छ ।
जापानका कप्तानले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले बलिङ गर्दैछ ।
नेपालले पहिलो खेलमा सिंगापुरलाई ५ विकेटले हराएको थियो ।
यू(१६ इस्ट जोन कपमा नेपालसहित १० टोलीको सहभागिता छ ।
प्रतिक्रिया दिनुहोस्