म्यानचेस्टर सिटी, रियल म्याड्रिड र युभेन्ट्सको जित

काठमाडौं, ९ पुस । फिफा क्लब विश्वकप २०२५ मा युरोपेली म्यानचेस्टर सिटी, रियल म्याड्रिड र युभेन्ट्सले उत्कृष्ट प्रदर्शन गरेका छन्।

म्यानचेस्टर सिटीले यूएईको अल ऐनलाई ६–० ले गोलले पराजित गर्यो। उसका लागि गुन्डोअनले दुई गोल गर्दा हाल्यान्ड, चेभारी, ओस्कर र चेर्कीले एक एक गोल गरे।

रियल म्याड्रिडले मेक्सिकोको पचुकालाई ३–१ ले पराजित गर्‍यो। रियलका लागि बेलिङघन, अर्डा र भाल्भार्डेले एक एक गोल गरेका थिए। पचुकाको तर्फबाट ब्रायन गन्जालेजले एक गोल गरेक थिए। यो जितले रियललाई समूह ‘एच’ मा बलियो बनाएको छ।

युभेन्ट्सले मोरक्कोको वायडाड एसीलाई ४–१ ले हरायो। युवा स्टार केनान यिल्दिजको प्रदर्शनले टोलीलाई नकआउट चरण नजिक पुर्‍यायो। युभेन्ट्सको यो प्रदर्शनले समूह ‘जी’ मा उनीहरूको सम्भावना बलियो बनाएको छ।

म्यानचेस्टर सिटी र युभेन्ट्सबीच जुन २६ मा हुने खेल रोमाञ्चक हुने अपेक्षा छ। किनकि दुवै टोली समूह ‘जी’ मा शीर्ष स्थानका लागि प्रतिस्पर्धा गरिरहेका छन्।

रियल म्याड्रिडले जुन २६ मा साल्जबर्गसँग खेल्नेछ, जसले समूह ‘एच को विजेता निर्धारण गर्न सक्छ।

प्रतिक्रिया दिनुहोस्