सबैले एक ढिक्का भएर लोकतन्त्रको पक्षमा मतदान गर्नुपर्छः उपप्रम गच्छदार

काठमाडौं । नेपाली काँग्रेसका नेता तथा उपप्रधान मन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले सुनसरीको दुहवीमा आयोजित चुनावी सभा कार्यक्रममा बोल्दै लोकतन्त्रको रक्षाका लागि नेपाली काँग्रेसले जित्नुको विकल्प नरहेको बताएका छन् ।

गच्छदारले लोकतन्त्र बलियो भयो भने मात्र देशमा आर्थिक सम्बृद्धि हुने भएकाले सबैले एक ढिक्का भएर लोकतन्त्रको पक्षमा मतदान गर्नुपर्नेमा जोड दिए । उनले वाम गठबन्धनले देशमा अधिनायकवाद ल्याउन खोजेकाले त्यो आफूहरुलाई कहिले पनि स्वीकार नहुने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्