पेट्रोलियम पदार्थको मुल्य वृद्धि
काठमाडौं, २ असार । पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएको छ। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ। निगमका अनुसार, पेट्रोलमा प्रतिलिटर एक रुपैयाँले वृद्धि भएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँले वृद्धि भएको छ।
निगमका अनुसार नयाँ मूल्य आजदेखि लागू भएको छ। नयाँ मूल्य अनुसार अब काठमाडौं, पोखरा र दीपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ कायम भएको छ। यस्तै, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४५ पुगेको छ। अन्तराष्ट्रिय बजारमा तेलको मुल्य बढेर आएकोले निगमले पनि मुल्य वृद्धि गरेको हो ।
प्रतिक्रिया दिनुहोस्