देशमा संयुक्त वाम गठबन्धनको सरकार निर्माण हुन्छः नेता कृष्णगोपाल श्रेष्ठ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले नागार्जुन नपा–९ स्युचाटारमा आज आयोजना गरेको कार्यक्रममा नेकपा (एमाले) का नेता कृष्णगोपाल श्रेष्ठले आगामी मंसिरमा हुने निर्वाचनले देशमा संयुक्त वाम गठबन्धनको सरकार निर्माण हुने बताएका छन् ।

उनले मुलुकमा पूर्वाधार विकास तथा आर्थिक समृद्धि कायम गर्न सरकारको स्थायित्वको खाँचो औँल्याउँदै त्यसका लागि संयुक्त वाम गठबन्धनको औचित्यलाई जनताले निर्वाचनमा पुष्टि गर्ने विश्वास व्यक्त समेत गरे ।

आर्थिक रुपले पिछडिएका क्षेत्र, वर्ग, अल्पसंख्यकलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिँदै एमालेको नेतृत्वमा वाम सरकार गठन भएपछि पिछडिएको वर्गको उत्थानका लागि विभिन्न आर्थिक परियोजनाका कार्यक्रम ल्याउने बताए । प्रत्येक वडामा १० श्ययाको अस्पताल निर्माणको योजना रहेको उनको भनाइ थियो ।

नेकपा (माओवादी केन्द्र) का समानुपातिक उम्मेदवार सुभद्रा भुजेलले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन क्षेत्रको विकासमा लगानी वृद्धि गरी पर्याप्त रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्