चलचित्र “महाभोज” को बुकिङ खुला
काठमाडौं, २९ जेष्ठ । शुक्रवार रिलिज हुने नेपाली चलचित्र “महाभोज” को अग्रिम टिकट बुकिङ खुला भएको छ । देशभरका मल्टिप्लेक्स तथा सिङ्गल स्क्रिन रहेका चलचित्र हलहरूले बुकिङ खुलाएका हुन् । दुई साता अघि नै रिलिज तय भएको चलचित्र विभिन्न राजनीतिक तथा अन्य आन्दोलनहरूका कारण रिलिज सरेर जेठ ३० गते पुगेको हो ।
चलचित्रले प्रारम्भिक चरणमा करिब २ सय शो प्राप्त गरेको वितरकहरूले बताएका छन् । चलचित्रको काठमाडौँ, पोखरा र बुटवलमा प्रिभ्यु प्रिमियर भइसकेको छ । प्रिमियरबाट चलचित्रले सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ ।
विकास सुवेदीको लेखन, दिनेश राउतको निर्देशन रहेको चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपाल, मोहन निरौला, वसुन्धरा भुसाल लगायतको अभिनय छ । विशेष भूमिकामा सुरक्षा पन्त पनि रहेकी छन् ।
क्लक वर्क क्रियशन र पिक्चर फ्रेमले निर्माण गरेको यस चलचित्रका निर्माता हिमाल कडरिया हुन् ।
प्रतिक्रिया दिनुहोस्