एक विद्यालयमा तीन जनामात्रै विद्यार्थी !

काठमाडौं । बाँकेको डुढुवा गाउँपालिकामा रहेको एक प्राथमिक तहको विद्यालयमा तीन जना मात्र विद्यार्थी रहेका छन् ।

ती तीन जना विद्यार्थीलाई तीन जना शिक्षकले पढाउँदै आएको पाईएको छ ।

जनता कल्याण नेपाल राष्ट्रिय प्राथमिक विद्यालय डुढुुवा ५ नानुपुरवाम तीन जना मात्र विद्यार्थी विद्यालयमा आउने गरेका छन् ।

कक्ष ५ सम्मको अनुमति प्राप्त सो विद्यालयमा दुई स्थायी र एक अस्थायी दरबन्दीका तीन शिक्षकले ती तीन जना विद्यार्थीलाई पढाउँदै आएका छन् ।, आजको गोरखापत्रदैनिकमा यो खबर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्