सुनको मूल्य सामान्य घट्यो, चाँदीको मूल्यले भने बनायो नयाँ रेकर्ड

काठमाडौं,२७ जेठ । मंगलबार सुनको मूल्य सामान्य घटेको छ । यस दिन सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९० हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य हालसम्मकै उच्च भएको छ । आज चाँदीको तोलामा १५ रुपैयाँ बढेर हाल सम्मकै उच्च विन्दुमा पुगेर प्रतितोला दुई हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्