मुलुकको दिगो विकास र समृद्धिका लागि बाम गठबन्धनलाई निर्वाचित गर्नुपर्छः नेता नेम्वाङ

काठमाडौं । वाम गठबन्धनद्वारा इलाम नगरपालिकामा आज आयोजित चुनावी सभामा नेकपा (एमाले) का नेता सुवास नेम्वाङले देश विकासका लागि वाम गठबन्धनको विकल्प नभएको बताएका छन् ।

उनले मुलुकमा कम्युनिष्टले जितेर अधिनायकवाद ल्याउँछन् भनेर विपक्षी दलका नेताहरुको अभिव्यक्ति दुःखदायी भएको धारणा समेत व्यक्त गरे ।

इलाम क्षेत्र नं २ का उम्मेदवारसमेत रहेका पूर्वसभामुख नेम्वाङले यस्ता खालका अभिव्यक्तिले विपक्षीलाई नै असर पुग्ने बताउँदै मुलुकको दिगो विकास र समृद्धिका लागि अब गठबन्धनका उम्मेदवारलाई निर्वाचित गर्नुपर्नेमा जोड दिए ।

“यो गठबन्धन केवल निर्वाचनका लागि मात्र होइन्, हाम्रो विचार र सिद्धान्त मिल्छ, त्यसैले निर्वाचनपछि दीर्घकालसम्म एकताबद्ध भएर देशलाई अग्रगति दिनका लागि भएको हो,”

प्रतिक्रिया दिनुहोस्