सुनको मूल्य सामान्य घट्यो, चाँदीको मूल्य पनि सामान्य बढ्यो

काठमाडौं,२६ जेठ । सोमबार सुनको मूल्य सामान्य घटेको छ । आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । चाँदी तोलामा ५ रुपैयाँले बढेर आज प्रतितोला दुई हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्