नेदरल्यान्ड्सविरुद्ध पहिले बलिङ गर्दै नेपाल, सोमपालले दिलाए पहिलो सफलता

काठमाडौं। २१ जेष्ठ । विश्वकप लिग २ अन्तरगत नेपाल र नेदरल्यान्ड्सबीचको एकदिवसीय म्याच सुरु भएको छ । टस जितेर नेदरल्यान्ड्सले पहिले ब्याटिङ रोज्यो ।

स्कटल्यान्डको फोर्थिल डण्डीमा भइरहेको म्याचमा नेपाललाई सोमपाल कामीले पहिलो सफलता दिलाएका छन् । उनले नेदरल्यान्ड्सका ओपनर मिचेल लेभिटलाई कप्तान रोहित पौडेलको हातबाट क्याचआउट गराए । १ रन जोडेको अवस्थामा नेदरल्यान्ड्सले पहिलो विकेट गुमाएको हो ।

नेपालले आज प्लेइङ ११ मा एक परिवर्तन गरेको छ । फास्ट बलर रिजन ढकालको ठाउँमा स्पिनर ललित राजवंशी आएका छन् ।

प्रतिक्रिया दिनुहोस्