बाढी र डुबानले श्रीलंकामा १६ को मृत्यु, हजाराैं विस्थापित

काठमाडौं ।  श्रीलङकामा आएको अत्यधिक मनसुनी वर्षाका कारण भएको डुबानमा परी शनिबार सम्ममा १६ जनाको मृत्यु भएको छ।

वर्षाका कारण १ लाख २६ हजार जना प्रभावित भएको र हजारौं परिवारलाई सुरक्षित ठाउँमा सारिएको प्रकोप व्यवस्थापन केन्द्रका अधिकारीहरूले बताएका छन्।

केन्द्रका प्रवक्ता प्रदीप कोडिप्पिलीले अत्यधिक वर्षाका कारण नराम्रो अवस्था आउन सक्ने पूर्वानुमान गरिएको बताउँदै घटनास्थलमा खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी र उद्धारकर्मीको टोली खटाइएको जानकारी दिए।

अत्याधिक वर्षापछिको बाढी र डुबानले उत्तरी र दक्षिणी श्रीलङ्काका प्रभावित ठाँउहरूका करिब ४ हजार घरमा पूर्ण तथा आंशिक क्षति भएको बताइएको छ।

श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले प्रभावितहरूलाई तत्काल उद्धार तथा राहतको व्यवस्था गर्न सरोकारवालालाई निर्देशन दिएका छन्नु।

मौसम पूर्वानुमान विभागले पनि देशभरि ठूलो वर्षा हुने भविष्यवाणी गरेको थियो। श्रीलंकामा हरेक वर्ष अत्यधिक वर्षाका कारण ठूलो धनजनको क्षति हुने गरेको छ।

गत वर्ष वर्षाका कारण आएको बाढी पहिरोमा परी दुई सयभन्दा बढीको मृत्यु भएको थियो भने ७८ जना बेपत्ता भएका थिए। सिह्न्वा

प्रतिक्रिया दिनुहोस्