राष्ट्रपतिसँग सदस्य सचिव घिसिङको भेटघाट

काठमाडौं, १६ जेष्ठ । राष्ट्रपति रामचन्द्र पौडेलसंग राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले भेटघाट गर्नु भएको छ । भेटका अवसरमा राष्ट्रपतिलाई सदस्य सचिव घिसिङले वर्तमान नेपाली खेलकुदको अवस्था तथा राष्ट्रिय खेलकुद परिषद्ले गरेका काम तथा भावी योजनाबारे जानकारी दिनुभयो ।

भेटका अवसरमा सदस्य सचिव घिसिङले १५औं सस्करणको केन्द्र स्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिताको उद्घाटनमा प्रमुख आथित्यताका लागि राष्ट्रपतिलाई निमन्त्रणा दिनु भएको छ ।

राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिताको १५औ संस्करण यही जेठ २८ गते देखि ३० गतेसम्म काठमाण्डौमा हुदैछ । खेल प्रतिभाको खोजीको मुख्य आधार रहेको राष्ट्रपति रनिङल्ड प्रतियोगिताको उद्घाटन राष्ट्रपतिबाट हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्