निर्वाचनलाई भय र त्रासबाट मुक्त बनाउन सबैको ध्यान केन्द्रित हुनुपर्छ: प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहाखुर देउवाले जनकपुरधाममा आज आयोजित २ नं प्रदेश सुरक्षा गोष्ठीलाई सम्बोधन निर्वाचनलाई भय र त्रासबाट मुक्त बनाउने वातावरण निर्माणमा सबैको ध्यान केन्द्रित हुनुपर्ने बताए ।

उनले जनताले निर्बाध रूपमा निर्वाचनमा मतदान गर्ने वातावरण निर्माणका लागि चाहिने आवश्यकताको परिपूर्ति गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

देउवाले भने लोकतन्त्रको आधार निर्वाचन भएकाले जनताले इच्छा गरेकालाई मतदान गर्ने कार्यमा कुनै पनि पक्षबाट हस्तक्षेप हुन नदिई सुरक्षित तवरले निर्वाचन सम्पन्न गराउने कार्यप्रति सुरक्षा संयन्त्र गम्भीर हुनुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्