मन्त्रिपरिषद्ले बजेट स्वीकृत

काठमाडौं, १५ जेष्ठ। मन्त्रिपरिषद्ले बजेट स्वीकृत गरेको छ । सरकारले आज बजेट संसदमा पेस हुनुभन्दा पहिले मन्त्रिपरिषद्ले बजेट स्वीकृत गर्ने गरिन्छ ।

आजै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्ने छन् ।
उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आर्थिक वर्ष ०८२र०८३ को बजेट बोकेर संसद् भवन प्रवेश गरेका छन् ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयबाट बजेट लिएर उनी संसद् भवन पुगेका हुन् । अब केहीबेरमा बजेट प्रस्तुत हुँदैछ ।

अल्लोको झोलामा शीलबन्दी गरिएको आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्य आज सार्वजनिक हुन लागेको हो ।

गत वर्षको बजेट प्रस्तुत गर्न जाँदा तत्कालीन अर्थमन्त्री वर्षामान पुनले गाँजाको झोला प्रयोग गरेका थिए ।

विगतका वर्षहरुमा अर्थमन्त्रीहरूले विदेशी ब्रिफकेसमा बजेट वक्तव्य राखेर ल्याउँथे र संसदमा वाचन गर्थे ।

यसपालि पनि गठनबन्धन सरकारका अर्थमन्त्री पौडेलले अल्लोबाट बनेको नेपाली झोला प्रयोग गरेका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्