बैंकिङ सेक्टरले उचाल्यो सेयर बजार, हरियालीसँगै कारोबार पनि बढ्यो

काठमाडौं, १४ जेष्ठ। बुधबार सेयर बजार परिसूचक नेप्से १७।४४ अंक बढेको छ ।

सो वृद्धिपछि नेप्से २६९३ अंकमा कायम भएको छ । बजारसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब ५२ करोडको कारोबार भएकोमा आज ८ अर्ब ५८ करोडको भयो । १४८ कम्पनीको मूल्य बढ्दा ९७ को घट्यो भने २ को स्थिर रह्यो ।

आज २ स् १० बजेपछि बजारले वृद्धिको लय समातेको हो । बजार वृद्धिमा बैंकिङ सेक्टरको सबैभन्दा ठूलो योगदान रह्यो । समग्र नेप्से ०।६१ प्रतिशत बढ्दा बैंकिङ सेक्टर सबैभन्दा धेरै १।८८ प्रतिशत बढ्यो ।

बैंकिङका अलवा विकास बैंक १।२९, फाइनान्स ०।१८, होटल तथा पर्यटन ०।८१, हाइड्रोपावर ०।८९, लगानी ०।०३, उत्पादन तथा प्रशोधन ०।६५ प्रतिशत बढे । जीवन बीमा ०।२४, माइक्रोफाइनान्स ०।२६, निर्जीवन बीमा ०।२६ तथा अन्य समूह ०।०६ प्रतिशत घटे ।

दुई कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । ओम मेगाश्री फर्मास्युटिकल्स र पियोर इनर्जीको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै ग्रिन डेभलपमेन्ट बैंकको ९।८५, भूगोल इनर्जीको ९।१५, अरुण काबेली पावरको ५।८९ प्रतिशत मूल्य बढ्यो ।

मूल्य धेरै घट्नेमा बाराही हाइड्रोपावर छ । सो कम्पनीको ५।२६ प्रतिशत मूल्य घट्यो । त्यस्तै क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको ५।१०, नेपाल माइक्रो इन्स्योरेन्सको ४।०८ तथा दिव्यश्वरी हाइड्रोपावरको ३।९१ प्रतिशत घट्यो ।

रकमका आधारमा धेरै कारोबार भएका पाँच कम्पनीमा ङादी ग्रुप, राधि विद्युत्, युनिभर्सल पावर, बुटवल पावर र कुमारी बैंक छन् ।

प्रतिक्रिया दिनुहोस्