आइपिएल २०२५ अन्तर्गत खेलमा लखनऊद्वारा गुजरात पराजित

काठमाडौं,९ जेठ । आइपिएल २०२५ अन्तर्गत गए राति अहमदाबादमा भएको खेलमा लखनऊ सुपर जायन्ट्सले गुजरात टाइटन्सलाई ३३ रनले पराजित गरेको छ।

लखनऊले पहिले ब्याटिङ गर्दै २० ओभरमा २३५र२ रनको विशाल स्कोर खडा गर्‍यो। मिचेल मार्शले ५६ बलमा शतक प्रहार गर्दै टोलीलाई बलियो सुरुवात दिलाए।

२३६ रनको लक्ष्य पछ्याउन उत्रिएको गुजरातका लागि शाहरुख खान (५७ रन) र शेर्फाने रदरफोर्ड (३८ रन) ले संघर्ष गरे तापनि टोली २०० रन पार गर्न मात्र सफल भयो र ३३ रनले पराजित भयो। उसले ९ विकेटको क्षतिमा २०२ रबन बनायो।

गुजरातका बलर अर्शद खान दुई पटक बलिङ रन(अपको क्रममा लडेका थिए। गुजरातले खेलमा ल्याभेन्डर रंगको विशेष जर्सी लगाएको थियो, जुन क्यान्सरविरुद्धको सचेतना अभियान हो।

पराजयले गुजरातको प्लेअफ तयारीमा केही असर पारेको छ। लखनऊ प्लेअफ दौडबाट बाहिरिएको टोली हो।

प्रतिक्रिया दिनुहोस्