विश्व पौडेललाई गभर्नर बनाउने सहमति
काठमाडौं, ६ जेष्ठ । नेपाल राष्ट्र बैंकको गभर्नरमा विश्व पौडेल नियुक्त हुने भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पौडेललाई गभर्नर नियुक्त गर्नेगरी सहमति जुटेको स्रोतले जानकारी दिएको छ ।
लामो रस्साकस्सीबीच सोमबार उनीहरूबीच सहमति जुटेको हो ।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. विश्वनाथ पौडेल यसअघि सिफारिस समितिमा थिए । उनलाई कांग्रेसले गभर्नरका लागि अघि सारेपछि सिफारिस समितिबाट राजीनामा दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्